घर
माओली घरमा माइलो मामा टैन को छानो हाल्दै थिए
पुर्खेउली घरमा माइला बा खर ले पाली छाउदै थिए
काठमाडौं को काठ मा मेरा बा घर ढलान गर्ने मिस्त्री खोज्दै थिए
मैले माटो को घर बनाइ भाडा कुटी खेल्दा
जेठो मामा भचिएको दलिन लाई टैको दिदै थिए
ठुलि आमा कमेरो ले चर्किएको भिता पोत्दै िथइन्
बा र आमा एसियान पैन्त्स को दुकान मा रङ छान्दै थिए
मैले आफ्नो घर को मोर्त्गेज को काजग तयार पारी रहदा
तल्सिङ ले मओली घर को जग्गा लिएछ, काजग मा हजुर बा को ल्यप्चै रहेछ
पुर्खेउली घर पहिरो ले पुरेछ, नापी को नक्सा मा घर को सट्टा पधेेरो परेछ
बिकासी बैंक को ॠण र ब्याज तिर्न नसक्दा , बा को घर लीलामी मा बिकेछ
र थाहा पाएँ
घर त आखिर काजग कै रहेछ
घर त आखिर काजग मै रहेछ ।।।।।।।।।।।
No comments:
Post a Comment