हीउद का बर्षादी दिन हरु मा
के गर्छन् होला बसाइ सरेका चरा हरु
नयाँ शहरमा न त आफ्नो गूड् नै छ
पानी परेका रात मा कहाँ सुत्छन होला बसाइ सरेका चरा हरु
मौसम ले घात् गरे पछी
कसरी पखेता फैलौचन होला
हुरी चलेका बेला
बसाइ सरेका भङेरा हरु
घाम लगेको भये
माटो खोस्री केही खान्थे होलान
तर हिउ झरेक बेला के
खान्छन होला बसाइ सरेका चरा हरु
घाम हेर्न देश छाडेका हरु
सास फेर्न देश छाडेका हरु
तुल्वालो लगेको शहरको ओसिलो लामो गल्ली हरुमा
के गर्छन् होला
पानी परेर रेल का दिब्बा हरु भरिये पछी
कहाँ सुत्चन होला देश छाडेका ढुकुर का जोडी हरु
हिउ पग्लेर खोला मा बडी आएको छ
घर कसरी फर्कन छन् होला
बसाइ सरेका मान्छे हरु।
No comments:
Post a Comment